रोनाल्डोलाई यूरो २०२० को गोल्डन बुट
क्रिस्टियानो रोनाल्डोले यूरो २०२० को गोल्डन बुट जितेका छन् । पोर्चुगलका फरवार्डले यो प्रतियोगितामा ५ गोल गर्न सफल भए । चेक रिपब्लिकका प्याट्रिक सिकले पनि समान ५ गोल गरे पनि एसिस्टको ट्राइब्रेकरको आधारमा रोनाल्डोले उनलाई उछिन्दै गोल्डन बुटको उपाधि हात पार्न सफल भएका हुन् ।
रोनाल्डोका पाँच गोलमध्ये तीनवटा पेनाल्टीबाट रह्यो भने हंगेरी र जर्मनीविरुद्ध उनले ‘ओपन प्ले’ बाट गोल गर्न सफल रहे । रोनाल्डोको प्रयासका बावजुद पोर्चुगल अन्तिम १६ मा बेल्जियमसँग १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
रोनाल्डो र सिकको पाँच गोलपछि ह्यारी केन, करिम बेन्जेमा, इमिल फ्रोसबर्ग र रोमेलु लुकाकुले ४–४ गोल गरे । रोनाल्डोले चार खेलमा ३६० मिनेट खेले भने ह्यारी केनले ६ सय मिनेट खेल्न पाए । रोनाल्डोले पहिलो पटक प्रतियोगिताको गोल्डन बुट जितेका हुन् । सन् २०१६ मा पोर्चुगलले उपाधि जित्दा उनी दोस्रा स्थानमा थिए ।
| Pos | Player | Team | Goals |
|---|---|---|---|
| =1 | Cristiano Ronaldo | Portugal | 5 |
| =2 | Patrik Schick | Czech Republic | 5 |
| =3 | Karim Benzema | France | 4 |
| =3 | Emil Forsberg | Sweden | 4 |
| =3 | Romelu Lukaku | Belgium | 4 |
| =3 | Harry Kane | England | 4 |
| =7 | Raheem Sterling | England | 3 |
| =7 | Georginio Wijnaldum | Netherlands | 3 |
| =7 | Robert Lewandowski | Poland | 3 |
| =7 | Kasper Dolberg | Denmark | 3 |
| =7 | Xherdan Shaqiri | Switzerland | 3 |
| =7 | Haris Seferovic | Switzerland | 3 |
| =7 | Alvaro Morata | Spain | 3 |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण