शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

एनआईबीएलले ल्यायो लगानी गर्ने नयाँ योजना

सोमबार, २८ असार २०७८, १० : २०
सोमबार, २८ असार २०७८

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ । 

अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना क्यापिटल आफ्ना लगानीकर्ताहरुको लागि ल्याएको हो । 
सो योजना अन्तर्गत व्यवस्थित  लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाई रु. ५ लाख सम्मको दुर्घटना बीमा प्रदान गरिने जनाएको कम्पनीले जनाएको छ ।

 सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिइने भने परिवारको ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने जनाइएको छ । 

यस्तै पहिलो पटक थैली एप डाउनलोड गर्दा रु. १०० को टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँच जस्ता थुपै्र सुबिधा दिइने पनि कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप