शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अन्धकारमा बजेट पास गर्नु इतिहास कै कालो दिन हो : सांसद पौड्याल

सोमबार, २८ असार २०७८, ०९ : ५४
सोमबार, २८ असार २०७८

मकवानपुर । विवेकशील साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले प्रदेश सरकारले बहुमतको दम्भ देखाएर रातको अन्धकारमा बजेट पास गर्नु इतिहास कै कालो दिन भएको बताएका छन् ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक विधेयकमाथिको छलफलका क्रममा बोल्दै सांसद् पौड्यालले विपक्षी दलहरूको अनुपस्थितिमा हाउस चलाएर लाचारीपन देखाएको आपत्ति जनाए ।

नेता पौड्यालले प्रतिपक्ष दलहरूलाई उपेक्षा गरेर रातको अन्धकारमा बजेट पास गरेर आफ्नो लाचारीपनलाई प्रष्ट परेको बताए । उनले बैठकमा प्रश्न गर्दै भने, 'प्रदेश सरकारलाई रातारात बजेट पास गर्नुपर्ने के त्यस्तो बाध्यता आइपर्यो, के त्यस्तो समस्या थियो र ? '

खर्च कटौतीको प्रस्तावमाथि छलफल हुँदाहुँदै विद्युत अवरुद्ध हुँदा बैठक अव्यवस्थित भएको र रेकर्ड नरहने भएकाले प्रतिपक्ष दलले सोमबार पुनः बैठक बसी बजेटमाथि छलफल गर्न गरेको आग्रहलाई सभामुख श्रेष्ठले नकार्दै प्रदेशसभा बैठक चलाएर बजेट पास गर्नु इतिहास कै कालो दिन भएको उनको भनाइ छ ।

भ्रमपूर्ण बजेट पास गर्न सभामुख श्रेष्ठले पनि साथ समर्थन गरेको भन्दै विवेकशील साझाले घोरभर्त्सना गरेको उनले बताए । प्रदेश सरकारले निकम्मा र लाचारी बजेट ल्याएकै कारण रातारात पास गर्नुपरेको भन्दै दिनको उज्यालोमा बजेट पास गरेर देखाउन पनि चुनौती दिए । 

उनले प्रदेश सरकारले ल्याएको बजेट निकम्मा, कनिका छर्ने प्रकृतिको र लाचारी भएको भन्दै विवेकशील साझालाई यो बजेट कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप