बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

धनुषामा २० वर्षीया युवतीको शंकास्पद मृत्यु

सोमबार, २८ असार २०७८, ०९ : २८
सोमबार, २८ असार २०७८

धनुषामा एक युवतीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ स्थित भुचक्रपुर कहचरीटोल बस्ने २० वर्षीया रञ्जु महतोको शंकास्पद मृत्यु भएको हो ।

आइतबार साँझ आफ्नै घरमा मृत अवस्थामा नवविवाहिता अञ्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

उनले आइतबार साँझ ७ बजे ओछयानमै मृत अवस्थामा अञ्जुको शव फेला परेको र घाँटीमा झुण्डेर आत्महत्या गरेको जस्तो डाम देखिएको भन्दै मृत्यु  शंकास्पद रहेको समेत बताए । प्रहरी निरीक्षक सुनारले पोस्टमार्टम रिपोर्टपछि मृत्युबारे स्पष्ट हुने बताए । 

अञ्जुको विवाह गएको फागुन २० गते समाजिक परम्परा अनुसार रामवृक्ष महतोसंग भएको थियो ।

अञ्जुको शवलाई सोमबार बिहान पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप