बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

युरोकप फाइनल - निर्धारित समयमा १–१ को बराबरी

सोमबार, २८ असार २०७८, ०२ : ४९
सोमबार, २८ असार २०७८

युरोकप फुटबलको फाइनलअन्तर्गत निर्धारित समयको खेलमा इटली र इङल्यान्डबीच एक एक गोलको बराबरी भएको छ ।  लण्डनस्थित बिम्बली रंगशालामा दोस्रो मिनेटमै १–० ले पछि परेको पाहुना टोली ६७ मिनेटमा खेलमा फर्किएको हो । 

लियोनार्दो बुनुचीले इटलीबाट बराबरी गोल फर्काए । यसअघि लुक शाले इङल्यान्डलाई अग्रता दिलाएका थिए । अतिरिक्त समयको खेल अहिले जारी छ । अतिरिक्त ३० मिनेटमा पनि कुनै टोलीको पक्षमा नतिजा नआए खेल टाइब्रेकरमा जानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?