मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले हान्यो गोल

सोमबार, २८ असार २०७८, ०० : ५७
सोमबार, २८ असार २०७८

युरोकपको फाइनलमा इङ्ल्याण्डले पहिलो गोल गरेको छ । खेलको दोस्रो मिनेटमै इङ्ल्याण्डले इटालीविरुद्ध गोल गरेको हो । 
 बेम्बली रंगशालामा खेलको दोस्रो मिनेटका लुक शाले गोल गरेका हुन् । ट्रिपरको पासमा शाले घरेलु टोलीलाई अग्रत दिलाएका हुन् ।

आजको खेलबाट इङ्गल्यान्ड इतिहास रच्ने दाउमा छ ।  ५५ वर्षपछि कुनै पनि ठुलो प्रतियोगिताको फाइनलमा पुगेको यो टोलीले यसअघि १९६६ मा  विश्वकपको फाइनल जितेको थियो । यता, चारपटकको विश्वविजेता तथा १९६८ को युरो विजेता इटाली पनि यो पटक आफ्नो पक्षमा उपाधि पार्ने दाउमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप