शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

१० बुँदे सहमति एमालेको आन्तरिक जीवनमा अत्यन्तै सुखद : ईश्वर पोखरेल

सोमबार, २८ असार २०७८, ०० : ४५
सोमबार, २८ असार २०७८

एमाले नेता ईश्वर पोखरेलले पार्टीको आन्तारिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका सदस्यहरुलाई धन्यवाद दिएका छन् । ‘नेकपा (एमाले)मा लामो समयदेखि देखा परेको समस्याको समाधानका लागि गठित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका साथीहरूलाई धन्यवाद’ पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले नेकपा (एमाले)को आन्तरिक जीवनमा यो अत्यन्तै सुखद पक्ष भएको बताएका छन् । उनले भनेका छन्, ‘अब हामीले पार्टी र संगठनलाई मजबुत बनाउँदै पार्टीलाई नयाँ शिराबाट उठाउन जरूरी छ । नेकपा (एमाले) एकतावद्ध रूपमा देश र जनताको समस्या समाधान गर्न केन्द्रित रहन्छ ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप