यूरोकप फाइनल भिडन्त : कुन नेता कसको पक्षमा ?

यूरोकप २०२० को उपाधिका लागि फाइनल भिडन्त हुँदैछ । इटली र इङ्ल्याण्डबीच नेपाली समयअनुसार राती पौने १ बजे लन्डनको बेम्बली रंगशालामा खेल हुँदैछ । फुटबलका हस्ती राष्ट्रहरुको फाइनल भिडन्त हेर्न दर्शकहरु प्रतिक्षा गरेर बसिरहेका छन् ।
नेपालका राजनीतिक दलका नेताहरु पनि फुटबल प्रेमी छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल फुटबल खेलका पारखी हुन् । अघिल्ला वर्षहरुमा भएका अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका खेल हेर्ने गरेका उनले यो वर्ष जनै खटिरा आएका कारण आराम गरेर बसेका छन् ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि फुटबल खेल मन पर्छ । पहिले पहिले प्रतियोगिताहरु हेर्ने गरेपनि अहिले रुची नभएको बताए । उनले भने– ‘पहिले पहिले धेरै हेर्थे । अहिले त्यति रुची छैन् । फेरि निकै राती रहेछ । त्यतिबेलासम्म त म निदाइसक्छु ।’
यता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि पहिले पहिले फुटबल खेलमा रुची भएपनि अहिले खासै रुची नरहेको बताए । उनले आज हुने यूरोकप फाइनल हेर्ने मनस्थितिमा आफू नरहेको बताए । यस्तै एमालेका नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाले भने आजको यूरोकपमा इटलीको समर्थन गर्ने बताएका छन् । उनले फुटबल क्लब नै क्लबका महारथीहरूको भिडन्त सितिमिति नजुर्ने बताउँदै इटलीको काउन्टर अट्याक र फिनिसिङ राम्रो रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध