एमालेमा भएको सम्झौताले प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा कुनै प्रभाव पार्दैन : लक्ष्मणलाल कर्ण

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले एमालेमा भएको १० बुँदे सम्झौताले अदालतको निर्णयलाई नपार्ने बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा फैसला हुनुभन्दा एक दिन पहिले भएको सो सम्झौताले कुनै प्रभाव नपार्ने कर्णले बताए ।
अधिवक्ता समेत रहेका नेता कर्णले एमालेमा भएको सम्झौता पार्टीको आन्तरिक विवादको विषय भएको र त्यसले सर्वोच्चको रिटसँग कुनै सरोकार नराख्ने बताए । उनले भने, ‘सर्वोच्च अदालतको रिटमा कुनै असर नपारे पनि विपक्षी गठबन्धनमा यसले ठूलो प्रभाव पार्नेछ । माधव नेपाललाई लिएर नै त्यो गठबन्धन बलियो भएको थियो । माधव नेपाल पक्षका सांसदहरु निर्णायक हुनुहुन्थ्यो अब त्यस्तो अवस्था रहने छैन ।’
अब प्रधानमन्त्री केपी शर्मा ओली झन शक्तिशाली भएको बताउँदै उनले यदि संसद पुनःस्थापना भयो भने देश झन अन्योलमा जाने उनले दावी गरे । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सोमबार अन्तिम फैसला गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्यो ‘सिद्धार्थ होटेल चितवन’
-
कर्तव्य ज्यान कसुरका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
-
१३ दिनदेखि शिक्षकहरू सडकमै, विद्यार्थी भर्ना अभियान ‘भगवान् भरोसा’
-
मधेश प्रदेश : अवैध उत्खनन, खुला सिमाना तस्करी र दुर्व्यसनीको चपेटामा
-
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु
-
आठ करोड बराबरको किताब बिक्री