शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको आरोपमा वडा सचिव पक्राउ

आइतबार, २७ असार २०७८, २३ : २१
आइतबार, २७ असार २०७८

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एकजना वडा सचिवलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकी रहेको प्रहरीले बताएको छ। गएको असार  १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको उनीमाथि आरोप छ।  तर, बालिकाले भने २४ गते मात्र परिवारलाई जानकारी गराएपछि घटना प्रहरीकहाँ पुगेको थियो ।

 पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। ओरापितलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप