शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुरका व्यवसायीलाई कर विवरण दाखिला सम्बन्धी तालिम दिइयो

आइतबार, २७ असार २०७८, २३ : ०३
आइतबार, २७ असार २०७८

विभिन्न पेशा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई कर विवरण दाखिला सम्बन्धी तालिम दिइएको छ ।  आइतबार भच्र्युअल विधिबाट भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ र भक्तपुर सुनचाँदी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको अनलाईन कर विवरण दाखिला सम्बन्धी  तालिम सम्पन्न भएको हो ।

भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले राजस्व सम्बन्धमा नियम, कानुन र प्रक्रियाहरूबारे जानकारी नहुँदा धेरै उद्यमी व्यवसायीहरु कारवाहीमा पर्ने भएको हुदा सहजीकरण गर्ने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरेको बताए । 

उक्त तालिममा आन्तरिक राजस्व कार्यालय जगाती भक्तपुरका प्रमुख कर अधिकृत गगनबहादुर विके र कम्प्युटर अपरेटर रुपक ढकालले अनलाइनबाट कर विवरण भर्ने तरिका र कर भुक्तानीका प्रक्रियाहरूका बारेमा प्रशिक्षण दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप