एमालेमा प्रवेश गरेका पूर्व माओवादीलाई नेकपामा रहँदासरहको जिम्मेवारी
नेकपा एमालेमा प्रवेश गरेका केन्द्रीय स्तरका पूर्वमाओवादी नेताहरुलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदासरहको जिम्मेवारी दिइने भएको छ । एमाले कार्यदलको आइतबार राति सम्पन्न बैठकले आन्तरिक विवाद समाधान गर्ने क्रममा १० बुँदे सहमति गर्दै पूर्व माओवादी नेताहरुलाई साविकको दलअनुसारकै जिम्मेवारी दिने भएको हो ।
कार्यदलमा भएको १० बुँदे सहमतिको चौथो बुँदामा भनिएको छ, ‘२०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेका रहने कमरेडहरूको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ ।’
यसअनुसार हाल एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरु साविकको दल नेपाल कम्युनिस्ट पार्टीमा रहँदा स्थायी कमिटीमा रहेका भए एमालेको पनि स्थायी कमिटीमा र नेकपामा रहँदा केन्द्रीय कमिटीमा रहेका भए एमालेको पनि केन्द्रीय कमिटीमै रहने भएका छन् ।
अन्यको हकमा पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रहँदा सरहको कमिटीमा स्थान दिइने सोही बुँदामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण