घरमा आगो लगाएर श्रीमती र छोरीहरुको हत्या प्रयास गरेका पुरुष ६ वर्षपछि पक्राउ
अर्घाखाँचीमा ६ वर्ष अघि आफ्नै घरमा आगो लगाएर श्रीमती र छोरीहरुको हत्या प्रयास गरेका एक पुरुषलाई प्रहरीले हालै पक्राउ गरेको छ । साबिक धरमपानी गाविस–९ घर भई हाल भूमिकास्थान नगरपालिका–३ बस्ने वीरबहादुर बञ्जाडेलाई पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको हो । उनले आफ्नै घरमा आगो लगाई श्रीमती र ३ छोरीको हत्या प्रयास गरेका थिए ।
उनले घर र गोठमा आगो लगाउँदा पशु चौपाया, लत्ताकपडा, अन्न जलेर नष्ट भए पनि श्रीमती र ३ छोरीलाई छिमेकीले उद्धार गरेर बचाएका थिए । सो घटनालगत्तै फरार उनलाई २०७३ साल वैशाख ७ गते जिल्ला अदालत अर्घाखाँचीले आगलागी तथा ज्यान मार्ने उद्योग मुद्दामा ३ वर्ष १० महिना २८ दिन कैद सजाय सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालका अनुसार प्रहरीले फरार अभियुक्तहरूको खोजतलास गर्दै जाँदा असार २५ गते चितवनको भरतपुर महानगरपालिका–११ अमनचोकस्थित डेराबाट उनलाई पक्राउ गरेको हो ।
निजलाई अदालतको फैसला अनुसारको कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको छ । बञ्जाडेकी श्रीमती विष्णुकुमारीका अनुसार लगातार तीनवटी छोरी जन्मिएका कारण वीरबहादुरले उनलाई प्रताडित गर्दै आएका थिए । वीरबहादुरले लुकिछिपी दोस्रो विवाह गरेको र कान्छी श्रीमतीतर्फ पनि छोरी नै जन्मिएको कुरा आफूहरुले पछिमात्र थाहा पाएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम