मानसिक अस्पतालका डाक्टर बाँसबारीस्थित होटलमा मृत फेला
आइतबार, २७ असार २०७८, २२ : ०८

ललितपुरको पाटनस्थित मानसिक रोग अस्पतालका डाक्टर सुदिप अर्याल मृत फेला परेका छन् ।
काठमाडौंको बाँसबारीस्थित पूर्वेली होटलमा डा.अर्याल मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । आइतबार विहान डा.अर्याल सो होटलमा गएका थिए । घटनास्थलमा रहेको उनको झोलामा सल्फस नामको विषादीको बट्टा फेला परेको छ ।
होटलमा पुगेर उनले ब्रेकफास्ट अर्डर गरे । ब्रेकफास्ट लिएर होटलका स्टाफ पुग्दा उनि घोप्टो परेर पल्टिएका थिए । होटल सञ्चालकले खबर गरेपछि प्रहरी पुग्दा उनी मृत फेला परेका थिए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !
-
सप्तकोशी नदी किनारबाट १८० किलो गाँजा बरामद
-
भाषा हराएमा समाज कमजोर हुनसक्छ : सभापति देउवा
-
सम्बन्ध विच्छेदको हल्लाबारे के भन्छिन् मिशेल ?
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु