शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मानसिक अस्पतालका डाक्टर बाँसबारीस्थित होटलमा मृत फेला

आइतबार, २७ असार २०७८, २२ : ०८
आइतबार, २७ असार २०७८

ललितपुरको पाटनस्थित मानसिक रोग अस्पतालका डाक्टर  सुदिप अर्याल मृत फेला परेका छन् । 

काठमाडौंको बाँसबारीस्थित पूर्वेली होटलमा डा.अर्याल मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । आइतबार विहान डा.अर्याल सो होटलमा गएका थिए । घटनास्थलमा रहेको उनको झोलामा सल्फस नामको विषादीको बट्टा फेला परेको छ । 

होटलमा पुगेर उनले ब्रेकफास्ट अर्डर गरे । ब्रेकफास्ट लिएर होटलका स्टाफ पुग्दा उनि घोप्टो परेर पल्टिएका थिए ।  होटल सञ्चालकले खबर गरेपछि प्रहरी पुग्दा उनी मृत फेला परेका थिए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप