शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सहमति गरेर फुटबल हेर्न जाने सुवास नेम्वाङको दावी

आइतबार, २७ असार २०७८, २१ : ११
आइतबार, २७ असार २०७८

एमाले नेता तथा ओलीपक्षीय कार्यदलका संयोजक सुवास नेम्वाङले आजै सहमतिमा हस्ताक्षर गरेर फुटबल हेर्न जाने बताएका छन् । आज युरोकप अन्तर्गत इङग्ल्याण्ड र इटालीबीचको फाइनल खेल हुँदै गर्दा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सिंहदरबारमा बैठक जारी रहेकै बीच सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘बिहान ८ बजेनै सुखद समाचार दिन्छौं भनेका थियौं, सोखालको परिस्थति बनेन । सहमति गरेर हामी फुटबल हेर्न जान्छौं । त्यसकै लागि ११ घण्टा प्रयत्न जारी छ।  छलफल सकारात्मक रुपमै अघि बढिरहेको छ।  सहमति बन्नेमा म विश्वस्त छु । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप