शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

आइतबार, २७ असार २०७८, १९ : ४५
आइतबार, २७ असार २०७८

पाल्पामा भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । आइतबार अपरान्ह जिल्लाको तिनाउँ गाउँपालिका–२ सिस्नेमा लु २ त २५३ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका ३८ वर्षीय दुर्गाबहादुर गाहको मृत्यु भएको हो ।

गाहको च्यापिएर घटना स्थल मै मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । गाह ट्रयाक्टरका चालक हुन् । दुर्घटनामा सोही स्थानका सहचालक ४२ बर्षीय एकबहादुर थापा घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप