शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

जनता समाजवादी पार्टी खारेजीको मागसहित सर्वोच्चमा रिट

आइतबार, २७ असार २०७८, १९ : ३१
आइतबार, २७ असार २०७८

जनता समाजवादी पार्टी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर गरिएको छ । राष्ट्रिय जनता पार्टीका तत्कालिन उपाध्यक्ष राजकुमार थापाले वारेसमार्फत सर्वोच्च अदालत रिट दायर गरेका हुन् ।  कानुन विषय अध्ययनरत हृदयराज मिश्र वारेस बनेर पेश गरिएको रिटमा जनता समाजवादी पार्टीको एकिकरण खारेज गर्न माग गरिएको छ ।

रिटमा भनिएको छ– ‘संविधान विपरित गरिएको दल एकिकरण गर्ने निर्णय खारेज गरी नियम ४९ अन्तर्गत अन्तरिम आदेश समेत पाउन निवेदन गर्दछौं ।’  निवदेनमा निर्वाचन आयोग र तत्कालीन राजपा नेपाल हाल जनता समाजवादी पार्टी द.नं १५९ ललितपुर, बालकुमारीलाई विपक्षी बनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप