जनता समाजवादी पार्टी खारेजीको मागसहित सर्वोच्चमा रिट
आइतबार, २७ असार २०७८, १९ : ३१
जनता समाजवादी पार्टी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर गरिएको छ । राष्ट्रिय जनता पार्टीका तत्कालिन उपाध्यक्ष राजकुमार थापाले वारेसमार्फत सर्वोच्च अदालत रिट दायर गरेका हुन् । कानुन विषय अध्ययनरत हृदयराज मिश्र वारेस बनेर पेश गरिएको रिटमा जनता समाजवादी पार्टीको एकिकरण खारेज गर्न माग गरिएको छ ।
रिटमा भनिएको छ– ‘संविधान विपरित गरिएको दल एकिकरण गर्ने निर्णय खारेज गरी नियम ४९ अन्तर्गत अन्तरिम आदेश समेत पाउन निवेदन गर्दछौं ।’ निवदेनमा निर्वाचन आयोग र तत्कालीन राजपा नेपाल हाल जनता समाजवादी पार्टी द.नं १५९ ललितपुर, बालकुमारीलाई विपक्षी बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालत पुग्यो टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
-
‘जन्ते बाख्रो’ को व्यवसाय बुझ्न हलमा कलाकार, व्यवसाय कस्तो ?
-
यस्तो छ ‘कल्ली’ मा सौगातदेखि बेनिशासम्मको गेटअप
-
शैक्षिक संस्थाले ठुलो सङ्ख्यामा उत्पादन गरेका पत्रकार बजारले खपत गर्न सकेको छैन
-
प्रधानमन्त्रीको निर्देशनपछि उल्टियो घरजग्गा कारोबारमा बैँक स्टेटमेन्ट चाहिने व्यवस्था