बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कर्णालीमा थप १२० जनाले जिते कोरोना

आइतबार, २७ असार २०७८, १९ : ०५
आइतबार, २७ असार २०७८

कर्णाली प्रदेशमा आइतबार १२० जनाले कोरोना भाइरस (कोभिड–१९) लाई जितेर डिस्चार्ज भएका छन् । योसँगै सक्रिय संक्रमितको तथ्याङ्कमा कमी आएको देखिन्छ । प्रदेशमा अब सक्रिय संक्रमितको संख्या ८५६ झरेको हो । तीन दिन पहिले सम्म १ हजार सक्रिय संक्रमित थिए । दुई दिनमै झण्डै २ सयको हारहारीमा कोभिड जित्नेहरूको संख्या रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

आइतबार प्रदेशभर थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यद्यपि, थपिने क्रम र डिस्चार्ज हुने दर दैनिक तलमाथि भइरहेको छ । आइतबार ३६ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको परीक्षणमा ११ जना र ११० जनामा गरिएको एन्टिजेन विधिबाटको परीक्षणबाट २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्काले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २८ हजार ९७६ पुगेको छ ।

आइतबार सबैभन्दा धेरै जुम्लामा १० जनामा कोरोना पुष्टि भएको छ भने मुगु र सल्यानमा ८÷८, कालिकोटमा ७, रुकुम पश्चिममा ६, सुर्खेतमा ५, जाजरकोटमा ४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै डोल्पामा १, हुम्लामा २ जनामा कोरोना देखिएको छ भने दैलेखमा कोरोना संक्रमण शून्यमा झरेको छ ।

आइतबार सुर्खेतमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्याा ३४० पुगेको छ । एक हप्तामा कर्णालीमा १ दिन बाहेक अरु दिनमा दैनिक १ जनाले कोरोनाबाट ज्यान गुमाएको छ । असार २० गतै मृत्युदर शून्य छ भने त्यसपछि  २३ गते बुधबार ३ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । अन्य दिनमा दैनिक एक जनाले मात्र ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप