आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

आइतबार, २७ असार २०७८, १९ : ००
आइतबार, २७ असार २०७८

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । 

उनका अनुसार कास्कीमा २ ,तनहुँमा १,बागलुङ २, म्याग्दी १, स्याङजामा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा –१४ का ४९ वर्षीया पुरुष, पोखरा –२९ का ६२ वर्षीया पुरुष, स्याङजा वालिङ–५ का ३४ वर्षीय पुरुष र तनहुँ भानु–६० की ७७ वर्षकी महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । 

यसैगरी म्याग्दी बेनी–१ की ८२ वर्षकी महिला, बागलुङ तमानखोला–१ की २३ वर्षीय महिला, बागलुङ नगरपालिका–१२ की ४८ वर्षीया महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ०१ जना पुगेको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा थप ४१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १५३ जनाको नमुना परीक्षण गरिएकामा ४१० जनामा संक्रमण देखिएको हो ।  संक्रमितमध्ये २३१ पुरुष र १७९ जना महिला रहेको प्रदेश स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका २१४, म्याग्दीका ४, पर्वत २९,लमजुङ १५,गोरखा १०, तनहुँ ११ बाग्लुङ ११९ स्याङ्जामा ४ र नवलपुरमा ४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५९ हजार १६४ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५५  हजार २७२ पुगेको छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप