भारतले कान्दाहारबाट आफ्ना कर्मचारीलाई फिर्ता बोलायो

अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिक नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरुबीच कन्दाहार प्रान्तमा केही दिनयता तनाब बढेको छ ।
सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आइतबार यस विषयमा जानकारी दिए । अफगानिस्तानको दक्षिणी कन्दाहार शहरमा तालिबानी लडाकूले कब्जा गर्न थालेको भन्ने समाचार आएपछि भारतले सो शहरमा रहेको आफ्नो नियोगबाट आफ्ना कर्मचारीहरुलाई बाहिर निकालेको जनाएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले अस्थायी रुपमा यो काम गरेको जानकारी आइतबार दिएका छन् । भारतले आफ्नो कर्मचारीलाई शनिबार नै सो शहरबाट फिर्ता गरेको थियो । प्रवक्ता अरिन्दम बागचीले तर सो स्थानमा रहेको भारतको कन्सुलेट कार्यालय भने बन्द गरेको छैन । आफ्ना कर्मचारीको सुरक्षाका लागि उनीहरुलाई कान्दाहारबाट फिर्ता गरिएको तर कन्सुलेट कार्यालय भने बन्द नगरिएको उनले बताए ।
साथै प्रवक्ता बागचीले भारतीय अधिकारीहरुले अफगानिस्तानमा विकसित सुरक्षा चुनौतीलाई नजिकबाट नियालिरहेको पनि बताए । उनले पछिल्लो समयमा अफगानिस्तानमा विकसित भएको परिस्थिति र त्यहाँको सुरक्षा अवस्थाका बारेमा भारतले नियालेको उनले बताए ।
प्रवक्ता बागचीले भने- ‘कान्दाहारमा रहेको भारतको कन्सुलेट जनरल कार्यालय बन्द भएको छैन । तत्कालको लागि कान्दाहार सहर नजिकै युद्ध भइरहेकोले भारतीयहरुको सुरक्षाका कारण उनीहरुलाई फिर्ता ल्याइएको हो । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै
-
कानुन दिवस कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीदेखि सभामुखसम्म (फोटोफिचर)
-
तस्बिरमा हेर्नुहोस् नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला
-
भारत र पाकिस्तानमा क्रिकेट खेलिरहेका इङ्ल्यान्डका यी चर्चित दाजु–भाइ सुरक्षालाई लिएर चिन्तित
-
नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक
-
श्रीलङ्कामा सेनाकाे हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु