पाकिस्तानमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै, विज्ञहरूद्वारा चौंथो लहरको चेतावनी

पाकिस्तानमा पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमण दर ४.०९ पुगेको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) द्वारा सार्वजनिक तथ्याङ्कलाई उद्धृत गरी जियो न्यूजले जानकारी गराएको छ ।
मे ३० पछि पाकिस्तानमा सङ्क्रमण दर पहिलोपटक उच्च देखिएको छ । आइतबार सार्वजनिक परीक्षण रिपोर्ट अनुसार पाकिस्तानमा विगत २४ घण्टामा ४८ हजार ३६२ जनाको कोभिड–१९ परीक्षण भएकोमा एक हजार ९८० जनामा सङ्क्रमण पुष्टि भएको हो । यो अवधिमा पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित २७ विरामीको मृत्यु भएको छ । सङ्क्रमण सबैभन्दा धेरै सिन्ध प्रान्तमा रहेको छ भने दोस्रो बढी प्रभावित पाकिस्तानी राज्य ख्यैबर पाकथुङ्क्वा हो ।
पाकिस्तानमा अहिलेसम्म कूल नौ लाख ७३ हजार २८४ सङ्क्रमित रहेका छन् २२ हजार ५८२ सङ्क्रमितको कोभिडका कारण मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्ममा कूल ३७ हजार सक्रिय सङ्क्रमित रहेका छन् ।
अहिलेसम्म सिन्ध प्रान्तमा तीन लाख ४६ हजार ३६०, पञ्जाबमा तीन लाख ४८ हजार ८५ ख्यैबर पाकुङ्ख्वामा एक लाख ३९ हजार ३१३, इस्लामाबादमा ८३ हजार ६४७, बालोचिस्तानमा २७ हजार ९६१, गिलगिट–बाल्टिस्तानमा छ हजार ८५१ र विवादित पाकिस्तान प्रशासित काश्मिरी क्षेत्रमा २१ हजार ६७ व्यक्ति सङ्क्रमित भएका छन् ।
यसैबीच स्वास्थ्य अधिकारीहरूले पाकिस्तानी यी राज्यहरूमा कोरोना भाइरसको चौथो लहर फैलिने खतरा रहेको भन्दै सावधानीका लागि सरकार तथा नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । पाकिस्तानमा जुलाईको अन्त्य वा अगस्टको सुरुतिर कोरोना भाइरसको चौंथो लहर फैलिनसक्ने जोखिम रहेको जियो न्यूजले अधिकारीहरूलाई उदृत गरी आफ्नो समाचारमा लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिसन इलाकातर्फ ११८ जना नेपाली शान्ति सैनिक
-
८५ लाख खर्चेर जापानले बनाइदियो विद्यालय
-
‘प्रमुख जिल्ला अधिकारीमार्फत सशस्त्र प्रहरीको परिचालन गर्दा राजनीतिक हस्तक्षेप निम्त्याउने खतरा’
-
चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान, तीन अर्ब १९ करोड लागत
-
प्रकृतिको 'परिवारप्रति नै श्रद्धाञ्जली' व्यक्त भएको शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन
-
ट्वाइलेटमा धेरै फोन चलाउनुहुन्छ, पायल्सले सताउला है !