
लुम्बिनी प्रदेशसभामा बजेटमाथि छलफल सुरु

विपक्षीहरूको अवरोधका कारण लामो समय रोकिएको लुम्बिनी प्रदेश सभाको आजको बैठकमा भने बजेटमाथि छलफल शुरु भएको छ । यससँगै लुम्बिनी प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले विनियोजन विधेयक टेबुल गरेका छन् ।
यसअघि विपक्षी दलहरूले सदन अवरोध गर्ने बताए पनि बैठकको शुरुमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले आफ्नो भनाइ राख्दै सदन चल्न दिएका थिए । उनले सदन अवरोध गर्नु बाध्यता भएको बताउँदै अहिले पनि सरकार अल्पमत परेको जिकिर गरेका थिए ।
केसीको भनाइपछि सदन नियमित कारबाहीमा प्रवेश गरेको थियो । प्रतिपक्षी दलले असार ६ गते अवरोध गरेपछि असार ९ सम्म स्थगित भएको थियो । गत असार ९ मा सूचना टाँस गरी बैठक स्थगित भएको थियो ।
आजको बैठकमा विनियोजन विधेयक प्रस्तुत गरेका अर्थमन्त्री चौधरीले सरकारले सबै पक्षलाई समेट्ने गरी बजेट ल्याएको दावी गरेका थिए । उनले प्रदेश सभाका सदस्यहरुको सहयोगमै बजेट पास गर्नुपर्ने बताए ।
संसदमा बहुमत पु¥याउन दवाव दिँदै आएको विपक्षी गठबन्धन र सरकार राजनीतिक रुपमा संसदमा अल्पमतमा नरहेको कानूनी आधार देखाउँदै आएको सत्तारुढ नेकपा एमालेको अडानले लुम्बिनी प्रदेशको राजनीति थप पेचिलो बन्न पुगेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ