सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरद्वारा स्वास्थ्य स्वयंसेविकालाई ५० हजार नगदसहित सम्मान

आइतबार, २७ असार २०७८, १८ : १३
आइतबार, २७ असार २०७८

भरतपुर महानगरले  ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई नगद सहित तथा सम्मान गरेको छ । लामो समय देखि महिला स्वास्थ्य स्वयंसेविका भएर स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद ५० हजार सहित प्रमाण पत्र र खादाले सम्मान गरेको हो ।

नगरमा कार्यरत २ सय ७ महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट महानगरको मापदण्ड पुरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद सहित महानगरले सम्मान र बिदाइ गरेको हो ।

विगत ३५ वर्ष भन्दा बढि समय देखि लगातार सेवामा रहेका आमा तथा दिदीहरुलाई खालिहात पठाउन मनले नमानेपछि महानगरपालिकाले निति बनाएर एेन र कानुनमा टेकेर उनीहरुका लागि नगद सहित सम्मान र बिदाई गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन् ।

सो अवसरमा भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले नि स्वास्थ रुपमा समाजमा काम गरेका स्वयंसेविकाहरुलाई सम्मान गर्न पाउदा खुसी लागेको बताइन् । सेवाबाट अवकाश लिएपनि आउने नयाँ पुस्तालाई आफ्नो ज्ञान दिन र आवश्यक परेका बेला समाजमा सेवा गरिरहन उनले आग्रह गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप