दुर्गन्धित बन्यो सेती प्रादेशिक अस्पताल
सेती प्रादेशिक अस्पतालको शवगृह दुर्गन्धित बनेको छ । जीर्ण बन्दै गएको शवगृह व्यवस्थित नहुँदा र नजिकै रहेको फोहोर संकलन केन्द्रका कारण दुर्गन्धित बनेको हो ।
टिनको छानोले बनेको शव गृहभित्र वर्षातको समयमा पानी पस्ने गरेको छ । शवगृहमा निकै साँघुरो पनि छ । यसमा दुईवटा शवमात्रै राख्न सकिन्छ भने लामो समय शव राख्नसमेत नमिल्ने देखिन्छ ।
‘शवगृहमा पाँच/छ घण्टा शव राखेपछि किरा लाग्न थाल्छ,’ एम्बुलेन्स चालक लक्ष्मण सिंहले भने, ‘शव गृहलाई व्यवस्थित गर्न कसैको ध्यान गएको छैन ।’ उनले फोहोर संकलन केन्द्र नजिकै शवगृह रहेकाले पनि आम नागरिकले मुख थुनेर शव बुझ्न जानुपर्ने अवस्था रहेको बताए ।
सो शवगृह मापदण्ड अनुसार नरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेयले स्वीकार गरे । उनले लामो समय शवलाई राख्नुपर्दा फ्रिज आवश्यक पर्ने भए पनि त्यो नहुँदा समस्या भएको बताए ।
आधुनिक र नयाँ शव गृह बनाउनका लागि अस्पतालले माग गरे पनि जग्गा अभावका कारण समस्या भएको छ । मेडिकल सुपरिटेण्डेण्ट पाण्डेयले भने, ‘जग्गा नहुँदा नयाँ शवगृह बनाउन सकिएको छैन । अब हामीले यही शव गृहलाई मर्मत गराउने भनेका छौं । यसमा पनि समस्या नै छ ।’ शव गृह मर्मत गरुञ्जेल शवको व्यवस्थापन कहाँ गर्ने भन्ने समस्या देखिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण