बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

आन्दोलित विद्यार्थी संगठनलाई आयल निगमले वार्तामा बोलायो

आइतबार, २७ असार २०७८, १८ : ०३
आइतबार, २७ असार २०७८

नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धिलाई लिएर आन्दोलित विद्यार्थी संगठनलाई वार्तामा बोलाएको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले भोलि, असार २८ गते दिउँसो १ बजेका लागि निगमको केन्द्रीय कार्यालय बबरमहलमा आपसी छलफलका लागि आन्दोलित विद्यार्थी संगठनलाई बोलाएको हो । 

गत असार २४ गते संयुक्त विद्यार्थी संगठनको तर्फबाट निगमलाई सम्बोधन गरी बुझाइएको ज्ञापनपत्रका विभिन्न वस्तुहरु उपर छलफलका लागि बोलाइएको निगमले जनाएको छ ।  यद्यपि, बार्ताका लागि कोरोना महामारीलाई पूर्ण ख्याल गर्दै छलफलमा सहभागी हुन निगमले विद्यार्थी संगठनलाई आह्वान गरेको छ ।

गतसाता निगमले पेट्रोल र डिजेलसँगै खाना पकाउने एलपी ग्यासको समेत प्रतिसिलिन्डर अधिकतम २५ रुपैयाँले मूल्य बृद्धि गरेसँगै विद्यार्थी संगठनहरुले चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन् । सो क्रममा गत २४ गते विद्यार्थीहरुले निगमलाई ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप