‘जनै खटिरा’मा अड्किएको दुई नेताको त्यो वार्ता !
नक्सालको मनकामना मार्गमा रहेको मेरियट होटलमा असार २३ गते साँझ एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच एक्लाएक्लै वार्ता भएको थियो । सो वार्ताबाट दुई नेताहरुबीच सहमति जुट्ने र संयुक्त हस्ताक्षर हुने दाबी एमाले नेताहरुले गरेका थिए । तर, दुई नेताको वार्तामा चाहिँ राजनीतिभन्दा बाहिरकै कुरा बढी भएको थियो ।
ओली र नेपालवीचको कुराकानीको विषय थियो, जनै खटिरा । यही जनै खटिराको विषयमा चर्चा गर्दा गर्दै ओली–नेपाल वार्ताको आधाउधि समय सकिएको थियो । बाहिरचाहिँ दुई नेताबीच मुलुक र पार्टीको समस्या समाधानबारे गम्भीर कुराकानी भएको बताइँदै थियो ।
भेटको शुरुमा अनौपचारिक कुराकानी हुँदा नेता आफूलाई जनै खटिराले सताएको बताएका थिए । त्यसपछि ओलीले जनै खटिराको दबाई बताउन थालिहाले । ओलीले नेता नेपालको खटिरा नहेरिकन त्यो जनै खटिरो नभएर पानीसरा भएको ठोकुवा गर्दै कालो तिल चबाएर दल्न सुझाएका थिए । यसक्रममा ओलीले विगतमा आफूलाई जनै खटिरा भएको र त्यसको औषधि प्रयोग गरेको सुनाएका थिए ।
मेरियट होटलको वार्ताको भोलिपल्ट असार २४ गते बालुवाटारमा आयोजित एउटा पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले माधव नेपालसँगको ‘जनै खटिरा सम्वाद’ बारे यसरी वर्णन गरे–
‘मैले हिजो मात्रै एकजना साथीलाई, उहाँले जनै खटिरा भएको भन्नुभयो, मैले हेर्न त हेरिनँ तर, अलि पाकिसकेको लक्षण पनि देखिन्थ्यो त्यसमा । मैले उहाँलाई औषधि चैं बताइदिएँ ।
म आफैंलाई पानीसरा भएको थियो, पानीसरा असाध्यै पोल्छ र दुख्छ । फोकाहरु हुन्छन् फुटेपछि । र, त्यो बहुत छिटो फैलिन्छ पनि । र, हाई फिभरमा लान्छ त्यसले ।
साधारण औषधि, कालो तिल आफैंले चपाएर लगाइदियो भने बिरामीलाई चपाउन पनि आनन्द मान्छ, चपाउँदै, मसिनो पार्दै त्यो लेप लगाइदियो भने लगाउन सँगसँगै त्यो पोलिरहेको पानीसरा, त्यो फोका फोका, त्यो चिलचिल गर्ने फोकाहरु लगाउन सँगसँगै पोलिरहेको त्यो समाप्त हुन्छ । पोल्न खत्तम हुन्छ र विस्तारै त्यो सुक्छ ।
त्यो मैले अरु ठाउँमा पनि प्रयोग गरेर हेरेको त्यो अत्यन्तै सफल भयो । मलाई कसैले त्यो आयुर्वेदिक औषधि बताइदिएको थियो, आफैंले प्रयोग गरेर हेर्दाखेरि अत्यन्त सफल देखियो ।’
के हो जनै खटिरा ?
माधव नेपाललाई सताएको जनै खटिरा आखिर के हो त ? यसबारे इन्टरनेटमा सर्च गरेर हेर्दा यस्तो उत्तर आयो–
जनै खटिरा (अङ्ग्रेजीः हर्पिस, हर्पिस जस्टर वा सिङ्गल्स) एक प्रकारको भाइरल संक्रमण हो । यसलाई पीडादायक समस्याको रूपमा लिन सकिन्छ । किनभने, छालामा देखिने यो रोगमा स–साना पानीफोका जस्ता आउने खटिराहरू चिलाउनुका साथै असह्य रूपले दुख्ने समस्या हुन्छ ।
चिकनपोक्स अर्थात् ठेउलाको कारकका रूपमा परिचित भेरिसेला जस्टर नामक भाइरसको संक्रमणले यो रोग लाग्छ । डाक्टरी भाषामा यसलाई हर्पिस जस्टर भनेर चिनिन्छ भने नेपालीमा जनै खटिराका नामले प्रसिद्ध छ ।
यो रोग प्रायः एकपटक ठेउला भइसकेका व्यक्तिलाई हुने भएकाले यो प्रौढहरूमा बढ्ता देखिने गरेको छ । यसलाई सामान्यखालको छालाको रोग ठान्ने भ्रममा पर्नुहुँदैन । शरीरको रोग प्रतिरोधी क्षमता कम भएका बेलामा यसको आक्रमण हुन सक्छ ।
लक्षण ः छाती, पेट, पिठ्यूँ, घाँटी, हात, खुट्टा आदि ठाउँमा मसिना बिमिरा निस्कने । ती बिमिरा निस्केका ठाउँमा चिलाउने, पोल्ने र दुख्ने । बिमिरा बिस्तारै ठूला हुँदै जाने र ससाना घाऊ जस्ता देखिने । ती घाऊहरुमा पोलेका घाऊमा झैं नै पानी भरिने र फुट्ने । सँगै असह्य पीडा हुने । सामान्य ज्वरो आउने । टाउको दुख्ने ।
निदान तथा उपचार ः चिकित्सकले बिमिराहरु हेरेर तथा सामान्य परीक्षणबाटै जनै खटिराको निदान गर्छन् । यसको घरेलु उपचार पनि प्रभावकारी देखिएको छ । सँगसँगै चिकित्सकले गर्ने निम्नांकित उपचार पनि लाभदायक सिद्ध हुनेछ –
–घाऊहरू निको पार्न का लागि एसाक्लोभिरजस्ता औषधि खाने तथा मलम लगाउने ।
–घाऊ बढ्ता नदुखोस् भन्नका लागि दुखाई कम गर्ने इबुप्रोफेन, पारासिटामोलजस्ता औषधि सेवन गर्ने ।
घाऊहरूलाई सफा राख्ने ।
जनै खटिरा छालासम्बन्धी रोग हो । छालासम्बन्धी र तिनका बैज्ञानिक नामहरु यस्ता छन् ः
Dermatologic (छाला रोग)
Leprosy: Kustha rog (कुस्ठ रोग)
Vesicles: Paani phoka (पानी फोका)
Measles: Daadura (दादुरा)
Chickenpox: Theula (ठेउला)
Herpeszo ster: Janai khatira (जनै खटिरा)
Warts/Verruca: Musa (मुसा)
Tinea/Ringworm infection/Eczema: Daad (दाद)
Miliaria: Ghamoura (घमौरा)
Vitiligo/Albinism: Dubi (दुबी)
Acne: Dandiphor (डन्डिफोर)
Mole: Kothi (कोठि)
Scabies: Luto (लुतो)
अनि माधव नेपाल उठेर हिँडे !
जनै खटिराको औषधिबारे चर्चा भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावसम्म आफ्नो सरकारको निरन्तरताबारे माधव नेपालसँग सहमति मागेका थिए । त्यसपछि आगामी महाधिवेशनबाट पार्टी अध्यक्ष बन्न ओलीले नेपाललाई सुझाएका थिए ।
ओली सरकारको निरन्तरताका लागि देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिनुपर्ने र पार्टीको बैठकमा सहभागी हुनुपर्ने ओलीले नेता नेपालसमक्ष प्रस्ताव राखेका थिए ।
यसका अतिरिक्त प्रधानमन्त्री ओलीले देश गम्भीर संकटमा परेको भन्दै मिलेर अघि बढ्न नेता नेपाललाई आग्रह गरेका थिए ।
जनै खटिराबाट पीडित बनेका नेता नेपाल स्वास्थ्य र राजनीतिबारे ओलीका यति कुराहरु सुनेपछि मेरियट होटलबाट बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण