निधारमा केपी बा ! : ओलीको समर्थनमा युवा संघ सडकमा (फोटोफिचर)
आइतबार, २७ असार २०७८, १७ : ३३
१
पहिलो पटक प्रतिनिधिसभा विघटन हुँदा सत्तारुढ दल निकट युवा संघका नेता कार्यकर्ताले सडकमा ‘आई लभ यु केपी बा’ को नारा लगाए । उनीहरुको सो नाराको निकै चर्चा पनि भयो । अहिले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले फैसला सुनाउन लागेकै पूर्वासन्ध्यामा युवासंघले राजधानीमा प्रदर्शनलगायत आफ्नो गतिविधि बढाएको छ ।
प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर अंकित स्टिकर निधारमा बनाएर सडकमा देखिएका छन् ।
राजधानीमा आइतबार भएको प्रदर्शनका क्रममा उनीहरुले केपी ओली राजनेता भएको दावी गर्दै उनको पक्षमा नाराबाजी गरेका थिए ।
राष्ट्रिय झण्डा र ओलीको ठूलो फोटोसमेत बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले ‘आई एम विथ केपी’ ओलीको नारा पनि लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा