नारायण वाग्लेसहित नागरिक आन्दोलनका २६ अभियन्ता पक्राउ (नामावलीसहित)
वरिष्ठ पत्रकार नारायण वाग्लेसहित बृहद नागरिक अभियानका २६ अभियन्ता पक्राउ परेका छन् । सिंहदरबार अगाडि गरेको धर्ना दिने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस क्लबमा राखेको हो ।
स्वास्थ्य र शिक्षामाथिको दलीयकरण, भ्रष्टाचार तथा बेथितिविरूद्ध प्रतिरोधको क्रममा सिंहदरबार अगाडि धर्ना दिने क्रममा आफूहरुलाई प्रहरीले पक्राउ गरेको अभियान्ता युग पाठकले जानकारी दिए ।
पक्राउ पर्नेमा वाग्ले र पाठकसहित अर्चना थापा, प्रणेता, अनुभव अजित, अरूणदेव जोशी, निर्ग नवीन, शशी विक्रम कार्की, अरूण थापा, नविन तिवारी, वसन्त छिपा, विमल अर्याल, गोविन्द छन्त्याल, श्रवण मुकारूङ, राजेन्द्र महर्जन, खगेन्द्र संग्रौला, डा सञ्जीव उप्रेती, चन्द्रवीर तुम्बापो, प्रदिप सेढाई , नरेश ज्ञवाली, डा कुम्भराज जोशी, प्रशान्त राई, विष्णु अधिकारी, छम गुरूङ, मनोज खतिवडा र डा एलबी बस्नेत रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका साथै बेथिति र भ्रष्टाचारविरुद्ध अभियानले निरन्तर संघर्षका कार्यक्रम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण