मोबाइल फोनको ब्याट्रि र डाटा धेरै टिक्दैन ? ह्याक त भएन ?
के तपाईंको फोनको ब्याट्रि चाँडै सकिन्छ ? के तपाईंको फोनको डाटा पनि धेरै टिक्दैन ?
यदि तपाईं फोनको अत्यधिक प्रयोग गर्नुहुन्छ भने तपाईंले आफ्नो डाटा प्लान परिवर्तन गर्ने बेला आएको हुनसक्छ तर यदि छैन भने कुनै ह्याकरले तपाईंको फोनलाई चलाइरहेको हुनसक्छ ।
फोनको सुरक्षामाथि आक्रमण हुँदा तपाईंको पहिचान र गोपनियतासँग सम्बन्धित डाटा लिक हुनसक्छ ।
हालको समयमा फोन ह्याक गर्ने तरिका फेरिएको छ र अब ह्याकरलाई पक्राउ गर्न पनि मुश्किल भएको छ ।
तर केही सावधानी अपनाएर तपाईं आफ्नो फोनलाई सुरक्षित गर्न सक्नुहुन्छ ।
फोन ह्याक भएको कसरी पत्ता लगाउने ?
यदि तपाईंको फोनले अत्यधिक डाटा खर्च गरिरहेको छ भने यो ह्याकिङको संकेत हुनसक्छ ।
अमेरिकी कम्प्युटर सिक्योरिटी कम्पनी नर्टन भन्छ, ‘डाटा धेरै खर्च हुनुका थुप्रै कारण हुनसक्छन् जस्तै कि एप्लिकेसनको अत्यधिक प्रयोग । तर यसद तपाईं आफ्नो फोनको प्रयोग पहिलेको झैं गरिरहनुभएको छ तर पनि डाटा अत्यधिक खर्च भइरहेको छ भने तपाईंले यसबारे अनुसन्धान गर्न आवश्यक छ ।’
नर्टनका अनुसार ब्याट्रि कति खर्च भइरहेको छ, यसबारे पनि ध्यान दिनुपर्छ । यदि तपाईंको फोन प्रयोग गर्ने तरिका फेरिएको छैन तर ब्याट्रि चाँडै नै डिस्चार्ज भइरहेको छ भने तपाईंको फोन ह्याक भएको हुनसक्छ ।
अर्को एउटा कम्प्युटर सिक्योरिटी कम्पनी क्यास्परस्काई भन्छ, ‘ह्याक गरिएको फोनमा प्रोसेसिङको सबै पावर ह्याकरसँग हुन्छ । त्यसैले तपाईंको फोन स्लो भएको पनि हुनसक्छ । कहिलेकाँही फोनले काम नै गर्न बन्द हुनपनि सक्छ वा अचानक रिस्टार्ट हुन पनि सक्छ ।’
क्यास्परस्काई र नर्टन, दुबै कम्पनीले आफ्नो फोनको हालचालबारे बुझिरहनुपर्ने सुझाएका छन् ।
फोनमा केही एप यस्ता हुन सक्लान् जुन तपाईंले इन्स्टल नगरेको पनि हुनसक्छ वा यस्तो कुनै फोन कल जुन सायद तपाईंलाई याद नहुन सक्छ । क्यास्परस्काईका अनुसार आफ्नो इमेल र सोसल मिडिया अकाउन्टलाई ध्यानमा राख्नुहोस् कि कतै तपाईंलाई बारम्बार पासवर्ड परिवर्तन गर्ने वा भिन्न भिन्न लोकेशन, जहाँ तपाईं जानु नै भएको छैन, त्यससँग सम्बन्धित नोटिफिकेसन त आइरहेको छैन ?
फोनलाई कसरी राख्ने सुरक्षित ?
तपाईंको फोनलाई विभिन्न तरिकाले ह्याक गर्न सकिन्छ । तपाईंले एप्लिकेशन डाउनलोड गर्ने बेला सतर्क हुनुपर्छ, केहीमा भाइरस हुनसक्छन् । तपाईंले गुगल वा एप्पल स्टोरबाट नै एप्लिकेशन डाउनलोड गर्नुपर्छ ।
नर्टन भन्छ, ‘यदि तपाईंलाई कुनै यस्ता व्यक्तिको इमेल वा मेसेज आउँछ जसलाई तपाईंले चिन्नु नै हुन्नँ भने तपाईंले उक्त मेसेजमा भएको कुनै पनि लिङ्कमा क्लिक नगर्नुहोस्, त्यसमा मालवेयर हुनसक्छ ।’
कम्प्युटर सेक्युरिटी कम्पनी म्याकेफे भन्छ, ‘ह्याकरलाई ब्लूटुथ वा वाईफाईको मद्दतले तपाईंको फोन ह्याक गर्न सहज हुन्छ । त्यसैले जब आवश्यक पर्दैन, तब यो बन्द राख्नुहोस् ।’
क्यास्परस्काईका अनुसार आफ्नो फोन सधैं आफैंसँग राख्नुहोस् । आफ्नो डिभाइसमा पासवर्ड सेभ नगर्नुहोस् र एप्लिकेशनलाई हरेक समय अपडेटेड राख्नुहोस् ।
फोन ह्याक हुँदा के गर्ने ?
सावधानी अपनाउँदा पनि तपाईंको फोन ह्याक हुने सम्भावना रहन्छ । यस्तो स्थितिमा नर्टनका अनुसार सबैभन्दा पहिला फोनमा जति पनि व्यक्तिको नम्बर सेभ छ, उनीहरुलाई फोन ह्याक भएको जानकारी दिनुहोस् र तपाईंको नम्बरबाट पठाइएको कुनै पनि लिङ्क क्लिक नगर्न भन्नुहोस् ।
त्यसपछि यस्तो कुनै पनि यस्तो एप हटाइदिनुहोस् जसमाथि तपाईंलाई शंका लागेको छ । फोनमा एन्टी भाइरस सफ्टवेयर राख्ने सल्लाह पनि दिइन्छ ताकि उसले समयमा नै भाइरसको पहिचान गरेर यसको जानकारी दिन सकोस् । फोनलाई रिसेट गर्नु पनि एउटा उपाय हो तर यसले डाटा गुम्ने खतरा पनि छ ।
र अन्त्यमा तपाईंले सबैको पासवर्ड परिवर्तन गर्नुपर्छ । फोनमा अट्याक भएको स्थितिमा पासवर्ड लीक हुने खतरा पनि रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का