शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभा बैठक पुनः स्थगित

आइतबार, २७ असार २०७८, १५ : ४५
आइतबार, २७ असार २०७८

गण्डकी प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधपछि बैठक पुनः स्थगित गरिएको हो । बजेटको बिषयलाई लिएर एमालेले बैठक अवरुद्ध गरेपछि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको बैठक २ बजे शुरु गरिएको थियो । तर, बैठक शुरु हुनासाथ एमालेले पुनः अवरुद्ध गरेपछि सोमबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गरिएको हो । सभामुख नेत्रनाथ अधिकारीले एमालेको अवरोधपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

प्रदेश सरकारले गैरकानुनी रुपमा कार्यकर्ता पोस्नका लागि करोडौं रुपैया रकमान्तर गरेकाले वास्तविक यथार्थ बाहिर नल्याउँदा सम्म बैठक चल्न नदिने एमालेका सांसद रामशरण बस्नेतले बताए । उनले नयाँ सरकारले बजेट रकमान्तर गरेको र पुराना काम सकिएको योजनाको भुक्तानी रोकेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए । 

सांसद बस्नेतले सरकारले पोखराको एउटै वडामा करोडौं रुपैयाँ विनियोजन गरिएको भन्दै कानुन अनुसार बजेट विनियोजन ठिक नभएको जिकिर गरे । उनले सरकारले बजेटसमेत ल्याउन नसकेको बताउँदै आर्थिक ऐन, सार्वजानिक खरिद ऐन–नियमावली अनुसार बजेट नल्याइएको बताए ।

सरकारले बहुवर्षीय ठेक्का लगाएका योजना हटाएर कार्यकर्ता रिझाउन रकमान्तर गरेर बजेट बाँडेको उनले आरोप लगाए ।  सांसद बस्नेतले कति रकम रकमान्तर गरेको हो भन्नेबारे नखुलाएको र के आधारमा योजना छनोट गरिएका हुन् भन्ने बारेमा समेत सरकार मौन रहेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप