बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लामो मौनतापछि सेयर बजारमा हरियाली, एकैदिन ७३.३३ अंकको बृद्धि

आइतबार, २७ असार २०७८, १५ : ३९
आइतबार, २७ असार २०७८

लामो समयको मौनता तोड्दै आइतबार नेप्से परिसूचकमा एकैदिन अधिकतम ७३.३३ अंकको बृद्धि आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक अधिकतम ७३.३३ अंकले बढेर २ हजार ८९८.४३ बिन्दुमा पुगेको हो । 

गत साताको अन्तिम कारोबार दिन (बिहीबार) नेप्से परिसूचक अधिकतम २३.७६ अंकले बढेर २ हजार ८२४.८९ विन्दुमा उक्लिएको थियो ।  त्यसो त आज ठूला ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १३.५१ अंकले बढेर ५४३.१६ बिन्दुमा उक्लिएको नेप्सेले जनाएको छ ।

यसदिन सबै समूहहरु धनात्मक (पोजेटिभ) हुँदा सेयर बजारमा हरियाली छाएको छ । यद्यपि, गत हप्ताको तुलनामा आइतबार अधिकतम ७३.३३ अंकले नेप्से बढे पनि कारोबार रकम भने जम्मा ८ अर्ब रुपैयाँ हारहारीमा मात्र भएको छ । 
नेप्सेका अनुसार आज कुल २२५ कम्पनीका ३ करोड १५ लाख माथिको सेयर ८२ हजार ४९ पटक किनबेच हुँदा जम्मा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँको मात्र कारोबार भएको छ । यसदिन तीन फाइनान्स कम्पनी श्री इन्भेष्टमेन्ट फाइनान्स, गोर्खाज फाइनान्स र आइसीएफसी फाइनान्सका सेयर धनीहरुले अधिकतम १० प्रतिशतले कमाइरहँदा यता राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सेयर धनीहरुले अधिकतम ४.३७ प्रतिशतले गुमाउन पुगेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप