सलमान खानलाई टक्कर दिनका लागि अत्यधिक मिहिनेत गरिरहेका छन् इमरान हाशमी, देखेर चकित पर्नुहुनेछ
सलमान खानको फिल्म टाइगरको तेस्रो संस्करणका लागि प्रशंसक निकै उत्साहित छन् । फिल्मका दुई संस्करण ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ ले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यसपटक तेस्रो संस्करणमा सलमानबाहेक कट्रिना कैफ र इमरान हाशमी मुख्य भूमिकामा छन् । सलमान र कट्रिना त पहिला पनि सँगै काम गरिरहेका छन् तर इमरानले पहिलो पटक सलमानसँग काम गर्दैछन् । फिल्ममा सलमानले भारतीय जासुसको भूमिका निभाउनेछन् भने इमरानले उनको दुश्मनको भूमिका निभाउनेछन् र यसै कारण प्रशंसकले यी दुईबीच टक्कर देख्न पाउने भएका छन् ।
इमरान आफ्नो भूमिकाका लागि र सलमानलाई टककर दिनका लागि निकै मिहिनेत गरिरहेका छन् । यसैबीच इमरानले आफ्नो एउटा फोटो सेयर गरेका छन् जुन उनको तालिमका बेलाको हो । यतिबेला इमरानलाई निकै भिन्न देख्न सकिन्छ जुन देखेर तपाईंलाई अचम्म पनि लाग्न सक्ला । इमरानले मास्क लगाएका छन् र उनी आफ्नो सुगठित शरीर देखाइरहेका छन् । फोटो सेयर गर्दै इमरानले लेखेका छन्, ‘यो त सिर्फ सुरुवात मात्रै हो’
Only just the beginning!!! pic.twitter.com/d1tyTwJwp8
— Emraan Hashmi (@emraanhashmi) July 10, 2021
सलमानसँग काम गर्ने सपना पूरा भयोः
एक अन्तरवार्तामा इमरानले सलमानसँग काम गर्ने विषयमा भनेका थिए, ‘सलमानसँग काम गर्न निकै मजा आउनेछ । उनीसँग काम गर्ने मेरो सपना थियो जुन अब पूरा भएको छ ।’
फिल्मका निर्माता टाइगर थ्रीको अन्तरराष्ट्रिय सुटिङको तयारीमा व्यस्त छन् । १५ अगस्टपछि यो समूह सुटिङका लागि जानेछ । यद्यपि, हाल कहाँ जाने भनेर निश्चित भइसकेको छैन । फिल्मको सुटिङ युरोप र मिडल इस्टमा हुनसक्ने बताइएको छ । यस्तै फिल्मको सुटिङ सुरु गर्नुअघि निर्माता समूहले सबै सदस्यलाई खोप लगाउन भनेको छ । खोप लगाएकाहरु मात्रै सुटिङमा समावेश हुनेछन् ।
आँधीले सेट बर्बाद भयोः
फिल्मका निर्माताले मुम्बईको ग्राउन्डमा मिडल इस्ट मार्केटको रेप्लिकाको सेट बनाएको थियो । यद्यपि, आँधीका कारण सेट बर्बाद भएको थियो । अब निर्माण पक्षले पुनः सेट बनाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधीको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधीको अभाव हुन सक्छ’
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो