शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विपक्षी गठबन्धनका विरुद्ध नेकोसको सडक प्रदर्शन (फोटोफिचर)

आइतबार, २७ असार २०७८, १४ : ५४
आइतबार, २७ असार २०७८

नेपाल खेलकुद महासंघ (नेकोस) ले विपक्षी गठबन्धनको असंवैधानिक कदम विरुद्ध सडक प्रदर्शन गरेको छ । नेकोसले आइतबार राजधानीमा सडक प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गरौं, संविधानको कार्यान्वयन गरौं’, ’संवैधानिक सर्वोच्चता कायम गरौं, व्यवस्था विरोधी कदम बन्द गरौं’, राष्ट्रिय एकता जिन्दावाद लगायतका नारा लेखेका ब्यानर र प्लेकाड बोकेका थिए । अधिकांश प्रदर्शनकारीहरूले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका तस्बिरअंकित ब्यानर र प्लेकार्ड बोकेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप