आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईंले डिम्याट खाता नवीकरण गर्नुभयो ?

अनलाइनबाट घरमै बसेर यसरी गर्नुस् नवीकरण
आइतबार, २७ असार २०७८, १४ : १७
आइतबार, २७ असार २०७८

आर्थिक वर्ष अन्त्य हुन लगेको छ । नयाँ आर्थिक वर्ष २०७८/७९ सुरु हुन अब ६ दिन बाँकी छ । तपाईं सेयर लगानीकर्ता हुनुहुन्छ भने अब केकेको नवीकरण गर्ने बेला भयो यसबारे जानकारी राख्नैपर्छ ।

अहिले सेयर लगानीकर्तालाई नभई नहुने भनेको हितग्राही खाता (डिम्याट खाता) हो । सीडीएसीकाअनुसार प्रत्येक आर्थिक वर्षको सुरुवातमै डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । निर्धारित समयमा नवीकरण शुल्क बुझाएन भने त्यति बेलासम्म खाता नै रोक्का हुन्छ । यस कारण तपाईंले असार मसान्तभित्र डिम्याट खाता नवीकरण गरिसक्नुपर्छ । खाता नवीकरण नगरेमा सबै ब्यालेन्स फ्रिज भएर बस्छ । फ्रिज ब्यालेन्समा बसेपछि तपाईंले आईपीओ भर्न सक्नुहुन्छ तर त्यसबाहेक बेच्न वा ट्रान्सफर गर्न भने पाउनुहुन्न ।

तपाईं अब नवीकरणका लागि सम्बन्धित संस्थासम्मै धाउनै पर्दैन । अनलाइनबाटै घरमा बसेर नवीकरण गर्न सकिन्छ । खाता नवीकरणका लागि लगानीकर्ताले खल्ती, फोन पे, कनेक्ट आईपीएस, ई–सेवामार्फत पनि शुल्क भुक्तानी गर्न सक्छन् । सीडीएसले मेरो सेयर एपमा नै उक्त सुविधा राखिदिएको छ । तपाईंले १ वर्षभन्दा धेरै वा ५ वर्षदेखि १० वर्षसम्मका लागि पनि नवीकरण गर्न सक्नु हुनेछ ।

यसरी गर्नुस् अनलाइनबाटै नवीकरण

अनलाइनमार्फत डिम्याट खाता र मेरो सेयर नवीकरण गर्नका लागि सबैभन्दा पहिले मेरो सेयरमा आफ्नो अकाउन्ट लगइन गर्नुहोस् । त्यसपछि दायाँ भागको माथिपट्टि आफ्नो नाम भएको ठाउँमा गएर क्लिक गर्नुहोस् । त्यसको तलपट्टि ‘मेरो सेयर एक्सपायर डेट’ र ‘डिम्याट एक्सपायर डेट’ देखिनेछ । त्यहाँ गएर ‘रिन्यु अकाउन्ट’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ ई–सेवा, खल्ती, आइएमई पे, कनेक्ट आइपीएसको लिङ्क देखिनेछ ।

तपाईंले कुन माध्यमबाट भुक्तानी गर्न चाहनुहुन्छ त्यसमा क्लिक गर्नुहोस् । आफूले छानेको मध्यममा क्लिक गर्नुहोस् । त्यहाँ मेरो सेयर, डिम्याट खाता र मेरो सेयर र डिम्याट (एकै ठाउँ) मा आउँछ । यदि दुवै नवीकरण गर्ने हो भने दुवै एकै ठाउँमा आएकोमा क्लिक गर्नुहोस् होइन भने मेरो सेयर र डिम्याट कुन गर्ने हो एउटा क्लिक गर्नुहोस् । अहिले डिम्याट खाता नवीकरण गर्ने समय भएकाले डिम्याट खाता नवीकरणमा जाऊँ । अब यहाँ तपाईंलाई ‘प्लिज इन्टर द नम्बर अफ इयर्स’ भन्ने अप्सन आउँछ । यो भनेको तपाईंले कति वर्षका लागि डिम्याट खाता नवीकरण गर्न लाग्नु भएको हो, त्यो नम्बर राख्ने हो । कति वर्षको लागि गर्ने हो, त्यो राखेपछि पैसा आउँछ । त्यसपछि तल ‘प्रोसिड’ भन्ने अप्सन आउँछ, त्यहाँ क्लिक गर्नुहोस् ।

त्यसपछि आफ्नो अकाउन्ट खोल्नुपर्छ । सबै राखेपछि कन्टिन्यु पेमेन्टमा क्लिक गर्ने, त्यसपछि तपाईंको ट्रान्जेक्सन डिजेट र युजर डिटेल आउँछ । अनि कन्टिन्यु पेमेन्ट गर्ने । अब तपाईं पेमेन्टको लागि ठीक छ भन्ने लाग्यो भने कन्फर्म गरिदिनुस् ।  त्यसपछि पेमेन्ट ‘सक्सेसफुल’ भनेर डिम्याट नवीकरणको स्लिप आउँछ । हाल डिम्याट खाता साढे ३६ लाख भन्दा बढी भइसकेका छन् ।

डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक नवीकरण शुल्क १ सय रुपैयाँ र मेरो सेयर प्रयोगकर्ताले थप वार्षिक ५० रुपैयाँ तिनुपर्ने हुन्छ । मेरो सेयरको हकमा यो सुरु गरेको १ वर्षमा नवीकरण गर्ने हो भने डिम्याट खाता जहिले खोलेको भए पनि असार मसान्तसम्म नवीकरण गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप