मनकामना स्मार्ट लघुवित्तको आईपीओ सोमबार बाँडफाँड हुने
आइतबार, २७ असार २०७८, १४ : ०५
१
मनकामना स्मार्ट लघुवित्त कम्पनीको आईपीओ असार २८ गते सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार असार २८ गते सोमबार विहान ९ः३० बजे कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाडँफाँड हुने भएको हो ।
लघुवित्तले गत असार १८ गते बिहीबारदेखि १ सय रुपैयाँ दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता प्राथमिक सेयर जारी गरेको थियो ।
जसमध्ये, ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागी खुल्ला गरेको थियो ।
उक्त आइपीओमा माग गरेभन्दा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता सेयर खरिदका लागि आवेदन परेको विक्री प्रबन्धक एनएमबीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यातायात व्यवसायीले भने-काठमाडौंको ट्राफिक व्यवस्थापन प्रभावकारी भएन
-
हर्क साम्पाङको उपमहानगर धरानमा सुर्तीजन्य वस्तु किन्न र बेच्न प्रतिबन्ध
-
१२ बजे, १२ समाचार : सरकारविरुद्ध सशक्त विरोध गर्ने विपक्षी दलको तयारीदेखि वकिललाई आक्रमण गरेको अपजस खेप्दै रास्वपासम्म
-
लुम्बिनीमा बन्ने युनिभर्सल पिस सेन्चुरीबारे विश्वलाई जानकारी दिँदै नेपाली धर्मगुरु
-
किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
छरिएर रहेका वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष नेपाल