बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सरकारद्वारा सवा ८ खर्ब राजस्व असुली

आइतबार, २७ असार २०७८, १३ : ३७
आइतबार, २७ असार २०७८

सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम १२ औं महिनाको २७ गतेसम्ममा सवा ८ खर्ब रुपैयाँ बराबरको राजस्व उठाउन सफल भएको छ । महालेखा नियन्त्रण कार्यालयका अनुसार यस्तो राजस्व आर्थिक वर्षको असार २७ गतेसम्ममा कुल ८ खर्ब १८ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ उठान सरकार सफल भएको हो । 

यो कुल राजस्व लक्ष्यको झण्डै ९० प्रतिशत (८९.६६) ले हुन आउने रकम हो । सरकारले चालु आर्थिक वर्षका लागि कुल ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो । यद्यपि, आर्थिक वर्ष सकिनै लाग्दा सरकारले कुल लक्ष्यको करिब १० प्रतिशत मात्र राजस्व उठान नसकेको हो । 

महालेखा नियन्त्रण कार्यालयका अनुसार सो अवधीमा सरकारले गैर राजस्व शीर्षकमा अधिकतम ६३ अर्ब २७ करोड २१ लाख रुपैयाँ अर्थात् लक्ष्यको ६४.०३ प्रतिशत उठाएको छ । आर्थिक वर्षका लागि सरकारले गैर राजश्व शीर्षकमा ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँको लक्ष्य राखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप