शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

माछा मार्न ह्युमपाइपभित्र पसेका एक युवक बेपत्ता

आइतबार, २७ असार २०७८, १२ : ४१
आइतबार, २७ असार २०७८

माछा मार्न ह्युमपाइपभित्र पसेका भरतपुरका एक युवा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–३ बाह्रघरेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका हुन् ।  

श्रेष्ठ सडक किनारबाट नारायणी किनारमा ढल निकासका लागि जमिनमुनि गाडिएको ह्युमपाइपभित्र माछा मार्न आज बिहान ९ः३० बजे पसेका थिए । 

ह्युमपाइपभित्र पसेका श्रेष्ठ नफर्किएपछि उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप