आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

लक्ष्यअनुसार सरकारले कोरोनाविरुद्धको खोप दिन्छः प्रधानमन्त्री ओली

आइतबार, २७ असार २०७८, १२ : १५
आइतबार, २७ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभाव नहुने बताएका छन् । कोरोनाविरुद्धको खोप सरकारले निरन्तर ल्याउने र दिने काम गरिरहेको कोभिड–१९ युनिफाइड केन्द्रिय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बताए । 

ठूलो समूहलाई खोप दिने उद्देश्यले सरकारले प्रयास गरिरहेको उनले बताए । २०२१ को अन्त्यसम्ममा सरकारको लक्षणअनुसार सबैलाई खोप दिने प्रधानमन्त्री ओलीले दाबी समेत गरे  । ‘२०२१ सम्ममा लक्ष्यअनुसार खोप दिन्छौं, हामीले प्रयास गरिरहेका छौं,’ उनले भने, ‘अब हामी खोपको अभावले तड्पिनुपर्दैन ।’ 

केही समय खोपको अभाव देखिएपनि अब त्यो अवस्था दोहोरिन नदिने गरि काम भइरहेको उनका भनाइ छ । यद्यपि कोभिड–१९ समाप्त हुँदैन तबसम्म सबैले सजकता अपनाउनुको विकल्प नभएको ओलीले बताए  । 

वीरको नवनिर्मित भवन उद्घाटन भएसँगै ५०० बेड थपिने अस्पतालका प्रशासकीय अधिकारी प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप