शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको सीतामढीमा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न

आइतबार, २७ असार २०७८, ११ : ५८
आइतबार, २७ असार २०७८

रौतहट । भारतको बिहारस्थित सीतामढीमा नेपाल र भारतको दुई पक्षीय सुरक्षा सम्बन्धी बैठक सम्पन्न भएको छ ।

रौतहट जिल्लाका सुरक्षा अधिकारी र भारत सीतामढी जिल्लाका सुरक्षा अधिकारी सम्मिलित बैठक शनिबार सम्पन्न भएको हो ।

द्विपक्षीय सुरक्षा सम्वद्ध बैठकमा विविध मुद्दाहरुको बारेमा आपसी समन्वय अभिवृद्धि गर्ने समझदारी भएको बताइन्छ ।

सीमा पार गरी अपराधीहरु लुक्ने गरेकोमा त्यस्ता अपराधीलाई पक्राउ गर्न आपसी सहयोग आदानप्रदान, अवैध ओसार पसार नियन्त्रण तथा मदिरा नियन्त्रणबारे सहमति भएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।

त्यसैगरी बाढी व्यवस्थापन, गौर–४ स्थित टिकुलिया बाँध (लाल बकैयाको पूर्वी) दशगजा क्षेत्रमा मर्मत गर्न सहयोग गरेकोमा नेपाली सुरक्षा अधिकारीले समकक्षीलाई धन्यवाद दिएका थिए ।

भारतीय बाँधमा रहेको सुलिस गेट पानीको प्राकृतिक बहावको लागि आवश्यकता अनुसार परिचालन गर्ने, गौर नाकाबाट आवागमन व्यवस्थापनमा आवश्यक सहजीकरण गर्ने सम्बन्धमा पनि बैठकमा सहमति भएको छ ।

आवश्यकता अनुसार द्विपक्षीय रुपमा निरन्तर सम्पर्कमा रहने सहमतिसमेत भएको अधिकारीहरुले जनाएका छन् ।

दुईपक्षीय बैठकमा रौतहटबाट प्रमुख जिल्ला अधिकारी यादवका अतिरिक्त एसपी सिद्धीविक्रम शाह, सशस्त्रका एसपी सुरजसेन ओली, राष्ट्रिय अनुसन्धानका एसपी मुकुन्द खड्का र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।

त्यसैगरी भारतीय सुरक्षा अधिकारीमा सीतामढी डिस्ट्रिक मजिस्टेड सुनिल कुमार यादव, एसपी हरकिशोर राई लगायत पुलिस उपाधिक्षकहरु, पुलिस अञ्चल निरीक्षकहरु र थानाध्यक्षहरुको सहभागिता रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप