अमेरिकामा स्वास्थ्य परीक्षण गरेर फर्किए रजनीकान्त
अभिनेता रजनीकान्त भारत फर्किएका छन् । अमेरिकामा स्वास्थ्य परीक्षण गरेर उनी ९ जुलाईमा स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न चेन्नई एयरपोर्टमा फ्यानको भिड लागेको थियो । रजनीकान्तका साथ उनको श्रीमती लता पनि अमेरिका गएकी थिइन् ।
रजनीकान्त हरेक वर्ष नियमित स्वास्थ्य चेकअपका लागि अमेरिका जाने गर्दछन् । यो पटक उनी १८ जुनमा अमेरिका उडेका थिए । उनी स्वास्थ्य परिक्षणका लागि केही अगाडि नै अमेरिका उड्नुपर्ने थियो । कोरोनाको कहरका कारण गरिएको लकडाउन र फिल्म सुटिङले जान सकेका थिएनन् । रजनीकान्तले २०१६ मा अमेरिकामै मृगौला प्रत्यारोपण गराएका थिए ।
रजनीकान्त पछिल्लो समय फिल्म ‘अन्नथे’ को काममा ब्यस्त छन् । फिल्मको १५ दिनको सुटिङ बाँकी रहेको छ । डाक्टरले उनलाई तत्कालै सुटिङ नगर्न सल्लाह दिएको भारतीय मिडियाले जनाएका छन् ।
फिल्म ‘अन्नथे’मा रजनीकान्तको अलवा कीर्ति सुरेश, मीना, खुशबु, प्रकाश राज र सुरीको मुख्य भूमिका रहनेछ । फिल्मको निर्देशक शिवा हुन् । फिल्मको रिलिज मिति २०२१ मै तय गरिएको थियो । रजनीकान्तको स्वास्थ्य, लकडान लगायत बिभिन्न कारणले सुटिङमा ढिला भएको कारण २०२१ मा रिलिज हुन नसक्ने भएको छ ।
यस अगाडि रजनीकान्त फिल्म ‘दरबार’मा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार