शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आँखीभौँ छेड्दा बेलुनजस्तै फुल्यो किशोरीको अनुहार, एक हप्ताभित्रै मृत्यु

आइतबार, २७ असार २०७८, ११ : ०७
आइतबार, २७ असार २०७८

आफ्नै घरमा आँखीभौँ छेडेका कारण स्कूलमा पढ्दै गरेकी एक किशोरीको मृत्यु भएको छ ।

१५ वर्षे इसाबेला इड्वार्डा सुसाले घातक संक्रमणको सामना गर्नुपर्यो जसका कारण उनको अनुहार बेलुन झैं सुन्नियो भने उनका आँखा यति धेरै सुन्निए कि ती सधैंका लागि बन्द हुन बाध्य भए ।

उनले ब्राजिलको मिनास गेराइ प्रान्तस्थित आफ्नो घरमा एक साथीको सहायताले आँखीभौँ छेडेकी थिइन् ।

ती किशोरीले आँखाीभौँ छेड्नका लागि आफ्ना आमा–बुवा र आफन्तसँग अनुमति लिएकी थिइन् तर यसका लागि कसैले पनि अनुमति भने दिएका थिएनन् ।

आँखीभौँ छेडेको तीन दिनपछि इसाबेलामा निकै डरलाग्दा लक्षण देखिन थाले ।

उनको आँखा वरिपरिका भाग असाध्यै सुन्निएपछि अस्पताल पुर्याइयो जहाँ उनलाई चार पटक हृदयघात भयो ।

उनको शरीरले बाहिरको वस्तुलाई स्वीकार गरेन तसर्थ उनको स्वास्थ्य दिनप्रतिदिन खस्कियो ।

त्यसपछि उनलाई थप सुविधा सम्पन्न अस्पतालमा पुर्याइयो जहाँ उनलाई एक हप्तासम्म भेन्टिलेटरमा राखियो ।

तर उनलाई बचाउन सकिएन । घटनाले उनको परिवारलाई विक्षिप्त बनायो ।

उनको मृत्युपछि उनकी काकी जुर्सिनी डि सुसाले भनिन्, ‘यो एउटी काकीको अनुनय बिन्ति हो जसले हालै एक अति नै सुन्दर र विशेष छोरी गुमाएकी छिन् ।’

‘आफ्ना आमाबुवाले भनेको मान्नुहोस्, काका–काकीले भनेको पनि सुन्नहोस् र आफ्ना हजुरबुवा–आमाको कुरालाई खेर जान नदिनुहोस् ।’

डाक्टरका अनुसार इसाबेला बाँचेकी भए पनि उनको दृष्टि गुम्न सक्दथ्यो जहाँ उनले छेडेकी थिइन् ।

स्वास्थ्य अधिकारीले यस्ता जति पनि कुराहरु लाइसेन्स प्राप्त क्लिनिक वा विज्ञमार्फत् नै गराउनुपर्ने सल्लाह दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप