शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको म्यासाचुसेट्स राज्यका सिनेटरद्वारा महाबिर पुन सम्मानित

आइतबार, २७ असार २०७८, ०९ : १३
आइतबार, २७ असार २०७८

अमेरिकाको म्यासाचुसेट्स राज्यका राज्य सिनेटरले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई सम्मानित गरेका छन् । सम्मान गरेको प्रमाणपत्र पुन मातृभूमि नेपाल उड्नु अगाडि मात्र प्राप्त गरेका थिए । डा. पुन जुलाई १० का दिन अमेरिकाबाट नेपाल उडेका छन् ।

उनलाई बिदाई गर्न साथमा रहेका सामाजिक अभियन्ता सन्तोष सापकोटाले आफ्नो सामाजिक संजाल मार्फत म्यासाचुसेट्सका सिनेटरले सम्मान गरेको जानकारी सार्वजनिक गरेका छन् ।

उक्त प्रमाणपत्र म्यासाचुसेट्सका अर्का सामाजिक अभियन्ता प्रल्हाद केसीले सापकोटामार्फत पुनलाई पठाएका थिए। पुनलाई म्यासाचुसेट्स राज्यका सिनेटर डेमोक्र्याटिकका विलियम एन ब्राउन्सबर्गरले सम्मान गरेका हुन् ।  

अमेरिकाको भ्रमणको लागि पुनलाई आमन्त्रित र अमेरिकाको भ्रमणको संयोजनको भूमिका निर्वाह गर्ने सापकोटाले डा. महाबिर पुनलाई करिब एक महिनाको लागि विभिन्न राज्यहरुमा नेपाली समुदायसँग अन्तरक्रिया र भेटघाट गराएका थिए ।

४ दिन अगाडी मात्र अर्थात् जुलाई ६ का दिन पुनलाई ओहायो राज्यका दुई शहरका नगर प्रमुखले सम्मान गरेका थिए । डा . पुनले नेपालका लागि गरेको योगदान स्वरुप उनलाई सम्मान गरेको हो ।

अमेरिकामा अत्यधिक नेपाली समुदायसँग गरिएको अन्तरक्रिया र भेटघाट कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग प्राप्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप