सिंहदबारमा माधव पक्षलाई कुर्दै ओली पक्ष
आइतबार, २७ असार २०७८, ०८ : ५४
काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक समय सुरु हुन सकेको छैन । विहान ८ बजे बैठक बस्ने भनिएको बैठक ९ बजे पनि सुरु हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओली पक्ष सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगिसकेको छ । तर वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष अहिलेसम्म सिंहदरबार गएको छैन । उनीहरु नेता नेपालसँग उनको कोटेश्वरमा विहान ८ बजेदेखि छलफलमा छन् ।
ओली पक्ष नेपाल पक्षका कार्यदलका सदस्यको पखाईमा छ । शनिबार बसेको कार्यदलको बैठकपछि नेताहरु आज विहान बस्ने बैठकले सहमतिको मस्यौदा सार्वजनिक गर्ने बताएका थिए । केही प्राविधिक कुरा मात्र सहमति हुन बाँकी रहेको भन्दै आजको बैठकले त्यसलाई टुंग्याउने उनीहरुको भनाइ थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण