सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिंहदबारमा माधव पक्षलाई कुर्दै ओली पक्ष

आइतबार, २७ असार २०७८, ०८ : ५४
आइतबार, २७ असार २०७८

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक समय सुरु हुन सकेको छैन । विहान ८ बजे बैठक बस्ने भनिएको बैठक ९ बजे पनि सुरु हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओली पक्ष सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगिसकेको छ । तर वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष अहिलेसम्म सिंहदरबार गएको छैन । उनीहरु नेता नेपालसँग उनको कोटेश्वरमा विहान ८ बजेदेखि छलफलमा छन् ।

ओली पक्ष नेपाल पक्षका कार्यदलका सदस्यको पखाईमा छ । शनिबार बसेको कार्यदलको बैठकपछि नेताहरु आज विहान बस्ने बैठकले सहमतिको मस्यौदा सार्वजनिक गर्ने बताएका थिए । केही प्राविधिक कुरा मात्र सहमति हुन बाँकी रहेको भन्दै आजको बैठकले त्यसलाई टुंग्याउने उनीहरुको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप