सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा एक व्यवसायीको मृत्यु

आइतबार, २७ असार २०७८, ०८ : ३८
आइतबार, २७ असार २०७८

विराटनगर । शनिबार राति विराटनगरमा भएको सवारी दुर्घटनामा एक व्यवसायीको मृत्यु भएको छ । कोसी लोकमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्स उद्योगअगाडि सवारी दुर्घटनामा परी   विराटनगरका ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । आचार्य विराटनगरको खारजीमा हार्डवेयर व्यवसायमा संलग्न रहँदै आएका थिए ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका ट्राफिक प्रहरी नायक उपरीक्षक सुमन तिमल्सिनाका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १८ च ९७६ नम्बरको कार राति ११ः४५ बजेतिर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो। 

न्युरो अस्पतालमा   उपचारको क्रममा आज आइतबार बिहान ५ः१५ बजेतिर आचार्यको मृत्यु भएको हो । कारमा सवार  चालक बूढीगंगा का ४५ वर्षीय महाप्रसाद भट्टराई, ४० वर्षीय भीमप्रसाद घिमिरे, ३३ वर्षीय सन्तोष घिमिरे र विराटनगरका २० वर्षीय विवेक नेपाल घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको विराट र न्युरो उपचार भइरहेको छ । चालकले मादक पदार्थ सेवन मापसे गरेर कार तीव्र गतिमा चलाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले कारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप