१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा
![१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा](https://rpcdn.ratopati.com/media/albums/text-ipo-made-wood-cubes-white-textured-putty-background-abbreviation-initial-public-offering_7Cbn4yf3VX.jpg)
विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको हो ।
चालू आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा १९ कम्पनीलाई धितोपत्र निष्काशनको अनुमति दिइसकेको धितोपत्र बोर्डले अझ विभिन्न्न १७ वटा कम्पनीलाई निष्कासन अनुमतिका लागि पखाईमा राखेको छ । यी कम्पनीहरूको पाँच अर्ब ६४ करोड ३ लाख ७९ हजार ८ सय रुपैयाँ बराबरका ५ करोड ६४ लाख ३ हजार ७ सय ९८ कित्ता सेयर निष्कासनका लागि पाइप लाइनमा रहेका छन् । आवेदन दिनेमा अधिकाशं जलविद्युत् कम्पनी रहेका छन् ।
धितोपत्रको प्रारम्भिक बिक्रि वितरणमा संलग्न बजारलाई प्राथमिक बजार भनिन्छ । अर्को शब्दमा, नयाँ अथवा पहिलोपटक निष्कासन गरिएका धितोपत्रको बिक्री हुने बजारलाई प्राथमिक बजार भनिन्छ । प्राथमिक सेयर प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गरेर दोस्रो बजारमा कारोबार हुँदा बढ्दै जान्छ । बोर्डमा आवेदन दिएकामध्ये पाँचवटा कम्पनीलाई बोर्डले प्रारम्भिक समीक्षामा राखेको छ भने ४ वटा कम्पनीलाई समीक्षा गरेर टिप्पणी पठाइएको छ । त्यस्तै, अन्य आठवटा कम्पनी पनि समीक्षा अवधिमै रहेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब बीबीसीले रोनाल्डोलाई ‘मिस्टियानो पेनाल्डो’ भन्यो
-
रास्वपा बैठकमा महामन्त्री ढकाललाई प्रतिवेदन पेस गर्न सभापति लामिछानेको रोक
-
नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
-
‘संविधानले दिएको विशेषाधिकार नबुझी कांग्रेस–एमालेले प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठाए’
-
सुदूरपश्चिममा कांग्रेस र एमालेबिच मन्त्रालयको सङ्ख्या घटाउने सहमति
-
विश्वकप क्रिकेट : ढिलोसम्म सुतेर भारतविरुद्धको खेल गुमाएका तस्किन अहमदले माफी मागे