ठमेल क्षेत्र अझै सुनसान
![ठमेल क्षेत्र अझै सुनसान](https://rpcdn.ratopati.com/media/albums/Thamel_1_tqWkK5y8SI.jpg)
निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइएसँगै काठमाडौंका अन्य स्थानहरूमा चहलपहल बढे पनि ठमेल क्षेत्र भने अझै पनि सुनसानकै अवस्थामा छ । चहलपहल बढेका स्थानहरूमा चहलपहल बढेसँगै व्यापारले पनि गति लिइरहेको छ । तर, ठमेल क्षेत्रको व्यापार भने शून्य नै रहेको यहाँका व्यापारीहरूले बताएका छन् ।
पर्यटक आए मात्र चल्ने ठमेलको व्यवसायमा दिनको समय केही साना होटेलले टेकअवे सेवा दिइरहेको भए पनि रात्रिकालीन व्यवसाय शून्य नै रहेको छ । यसअघि ठमेल क्षेत्रमा सामान्य अवस्थामा पर्यटक आउने सिजनको बेला दैनिक करीब २० करोड रुपैयाँ बराबरको कारोबार हुने गथ्र्यो भने अफ सिजनमा दैनिक १० करोड रुपैयाँ जतिको कारोबार हुने गर्थ्यो । नेपालमा कोरोना महामारी शुरू भएयता व्यापारमा गिरावट आएसँगै अहिलेको यस्तो अवस्थाले यस क्षेत्रका अधिकांश व्यापारी पलायनको बाटोमा पुगेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्माले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । उनका अनुसार गतवर्ष पनि महामारीका कारण व्यवसाय पूर्णरूपमा ठप्प हुँदा घरभाडा, बिजुलीको बिल र बैंकको ऋण तथा ब्याज तिर्नै मुस्किल भएपछि यस क्षेत्रका करीब ७ सयभन्दा बढी व्यापारीहरूले आफूले गर्दै आएको व्यापार व्यवसाय छाडेका थिए ।
ठमेल, पकनाजोल, क्षेत्रपाटी, कालधारा, नरदेवीलगायतका स्थानमा पर्यटन क्षेत्रसँग सम्बद्ध होटेल, रेस्टुराँ, ट्राभल एजेन्सी, मनि एक्सचेन्ज, हस्तकलाका साना तथा ठूला गरी करीब १० हजार पर्यटन व्यावसायी रहेका छन् ।
यो समाचार आजको आर्थिक अभिायन दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा