बेलायतमा एक सातामा २ लाख १३ हजार भन्दा बढी संक्रमित

बेलायतमा पछिल्लो एक हप्ताभित्र २ लाख १३ हजारभन्दा बढी नयाँ संक्रमितको पुष्टि भएको छ । यो संख्या अघिल्लो हप्ताको तुलनामा झन्डै ३० प्रतिशतले बढी हो । पछिल्लो चार दिनसम्म लगातार दैनिक ३० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
हिजो शुक्रबार ३५ हजार ७०७ जना संक्रमित भएकोमा शनिबार ३२ हजार ३६७ जनामा संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ५० लाख ८९ हजार ८९३ पुगेको छ ।
यो संख्या जनवरी २२ यताकै उच्च हो । इंग्ल्याण्डवासीहरुले लकडाउनबाट मुक्ति पाउन एक हप्ता मात्र बाँकी रहँदा संक्रमित संख्या भने निरन्तर उकालो लागिरहेको छ । लकडाउन खुल्ने दिन जुलाई १९ सम्ममा दैनिक संक्रमित संख्या ५० हजारसम्म पुग्ने प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन् । त्यस्तै बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले पनि संक्रमित संख्या दैनिक एक लाखसम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोनाबाट एक लाख २८ हजार ३९९ जनाको निधन भइसकेको छ । कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्यामा पनि सामान्य वृद्धि भएको छ । पछिल्लो तथ्याँकअनुसार एकदिनमा ५६३ जना संक्रमित अस्पताल भर्ना भएका छन् । अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या दुई हजार ७३१ रहेको स्वास्थ्य विभागले जानेको छ । भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या ४१७ रहेको छ ।
कोरोनाविरुद्धको खोप वितरण शुरु गरिएयता बेलायतमा बेलायतमा ८ करोड तीन लाख २७ हजार ६७९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५७ लाख ८६ हजार ५५० जनाले पहिलो र तीन करोड ४५ लाख ४१ हजार १२९ जनाले दोस्रो डोज लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
च्याम्पियन्स लिग सेमिफाइनल : रियल र बायर्नसम्मको बिचल्ली, चारभित्र सबै टोली फरक राष्ट्रका