आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नागरिक अगुवाहरुले सिंहदरबारमा धर्ना दिने

शनिबार, २६ असार २०७८, २३ : १४
शनिबार, २६ असार २०७८

स्वास्थ्य क्षेत्रमा देखिँदै गएको बेथिति र दुरावस्थाविरुद्ध आइतबार नागरिक अगुवाहरुले सिंहदरबार धर्ना दिने भएका छन् । करिब एक महिनादेखि धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने उद्धेश्यले बृहत नागरिक आन्दोलनको अगुवाईमा सिंहदरबारमा धर्ना दिन लागिएको हो ।

शनिबार बृहत नागरिक आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा आइतबार ११ बजे धर्ना कार्यक्रममा उपस्थित हुन सबैलाई आह्वान गरिएको छ । विज्ञप्तिमा सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन चौथो सातामा पुगिसक्दा समेत सरकारले वार्ताको पहल नगरेकोले देशव्यापी दबाब दिन सिंहदरबार घेराउ गर्न लागिएको बताइएको छ ।

विज्ञप्तिमा भनिएको छः ‘प्रतिष्ठानका विद्यार्थी, कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सकको पेचिलो आन्दोलनमा चौतर्फी नागरिक आवाज र व्यवस्थित प्रतिरोध भएन भने अपेक्षित नतिजा आउँदैन । त्यसैले नागरिकहरू जो जहाँ छौं, त्यहीँबाट सार्वजनिक संस्थाको बर्बादी विरुद्ध संघर्षमा लाग्न बृहत् नागरिक आन्दोलन अपिल गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप